हावाहुरीले घरको छानो उडाँदा एक परिवार विस्थापित

  नरेन इलामेली  87 पटक हेरिएको

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ प्रेमेजुङ्गमा हावाहुरीले घरको छानो उडाँदा एक परिवार विस्थापित भएका छन्।

मंगलबार राती बर्षा सहित आएको हावाहुरीले स्थानीय धन बहादुर दर्जीको बाँस र जस्ताले छाएको घरको छानो उडाँदा उनको दुई जनाको परिवार विस्थापित भएको हो । सो घरमा दर्जीको आमाछोरा बस्दै आएका छन्।

मध्यरातमा वर्षासँगै आएको हावाहुरीले घरको छाना उडाएपछि आफ्नो बस्ने ठाउँ नै नभएपछि छिमेकमा शरण लिई रात कटाएको धनबहादुरकी आमा भक्तकुमारी दर्जीले बताइन ।

धनबहादुर सुन्न र बोल्न नसक्ने (अपाङ्गता) भएकाले उनलाई आवश्यक सहयोग गरिदिन १ नम्बर वडा कार्यालयमा अपिल गरिएको स्थानीय शुकदेव पौडेलले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार