विभिन्‍न कार्यक्रमका साथ नयाँ बुलन्दको दोश्रो वार्षिक उत्सव (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि र विशेष अतिथिहरु ।

इलाम : बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको दोश्रो वार्षिक उत्सव मनाएको छ ।

मंगलबार इलाममा शुभकामना आदानप्रदान, पत्रकार सम्मान र वार्षिक भित्तेपात्रो–२०७६ (क्यालेण्डर) सार्वजनिक गरिएको छ ।

बुलन्द आवाज मिडिया प्रा.लि.का प्रवन्धक तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा इलामका क्रियाशील पत्रकार नयाँ बुलन्द डटकमका उपसम्पादक प्रकाश नेपाललाई सम्मान गरिएको छ ।

इमेज च्यानल टेलिभिजनका जिल्ला संवाददाता नेपाललाई प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले सम्मानपत्र प्रदान गरे । पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै नेपाललाई सम्मान गरेको प्रवन्धक राम योङहाङले बताए । ‘नयाँ बुलन्दको व्यवस्थापन र प्रवद्र्धनका साथै नागरिकलाई सूचनाको हक प्रत्याभूति गराउन पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो’ प्रवन्धक योङहाङले भने, ‘वार्षिक रुपमा एकजना क्रियाशील पत्रकारलाई सम्मान गर्नेछौं ।’

सम्मानपत्र प्रदान गर्दै प्रमुख अतिथि बराल र ग्रहण गर्दै नयाँ बुलन्दकर्मी नेपाल ।

नेपाल विगत ६ वर्षदेखि इलाममा व्यवसायिक पत्रकारिता गरिरहेका छन् ।

त्यस्तै वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्द डटकमले प्रकाशन गरेको वार्षिक भित्तेपात्रो समेत सार्वजनिक गरियो । प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगू, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यत्रकारी निर्देशक केशव द्यौराली, इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरे ।

भित्तेपात्रोमा विभिन्न सन्देशमूलक जानकारी एवम् सूचनाहरु राखिएका छन् ।

सन्देशमूलक वार्षिक भित्तेपात्रो सार्वजनिक गर्दै प्रमुख अतिथि र विशेष अतिथिहरु ।

कार्यक्रमका वक्ताहरुले नयाँ बुलन्दले छोटो समयमा लोकप्रियता कायम गर्न सफल भएको भन्दै निरन्तरताको कामना गरेका थिए । नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना निरन्तर आम नागरिकसामू पुर्याउन सुझाव दिएका थिए । वक्ताहरुले हज्जारौं अनलाइन पत्रिकाको भीडबाट छोटो समयमा नै लोकप्रियता कायम गर्न सफल भएको भन्दै प्रसंशा गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय सटेन्द्र जवेगू, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठ, मेची पहाडि पर्यटन प्रवर्द्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली,  इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय सदस्य ख्याम भुजेल, नेपाल पत्रकार महासंघका सहसचिव राजेश पराजुली, क्रियाशील महिला पत्रकारकी अध्यक्ष सविता पाण्डेले शुभकामना मन्तव्य राखेकी थिइन् ।

त्यस्तै इलाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाधयक्ष इश्वर चिपालु, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष अभिषेक येक्तेन, करुणा फाउण्डेशन नेपालका व्यवस्थापक  अजित योञ्जन, नयाँ बुलन्द डटकमका स्तम्भकार  गोपाल पौड्याल, रेडियो बुद्धवाणी एफएमका स्टेशन म्यानेजर दिनेश महत, सन्दकपुर दैनिकका भगीरथ भण्डारी, फाकफोकथुम सरोकार समाजका सचिव प्रकाश परियारसमेतले शुभकामना मन्तव्य राखेका थिए ।

नयाँ बुलन्द डटकमका उपसम्पादक अतित योङहाङले संचालन गरेको कार्यक्रममा बुलन्द आवाज मिडिया प्रा.लि. का प्रवन्धक तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले स्वागत गर्दै नयाँ बुलन्दको बारेमा जानकारी गराएका थिए ।

नेपाल सरकार सूचना तथा प्रशारण विभागमा दर्ता गरेर २०७४ वैशाखदेखि संचालित नयाँ बुलन्द डटकमले युट्युब च्यानल नयाँ बुलन्द अनलाईन टिभी समेत संचालनमा ल्याएको छ । नयाँ बुलन्द अनलाइन टिभीलाई हामी छिटै एक बलियो श्रव्यदृश्य मिडियाका रुपमा विकसित गर्ने अभियानमा रहेको उनले बताए । वैकल्पिक र जनपक्षिय पत्रकारिताको हाम्रो अविचल प्रयत्नलाई भविश्यमा पनि पाठक, दर्शक, सुभेच्छुक, विज्ञापनदाता लगायतलाई निरन्तर साथ दिन अनुरोध समेत गरे ।

पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसाथ गर्दै निरन्तर अघि प्रतिवद्धता समेत व्यक्त गरे । श्रोत र साधनको अभावमा समेत विभिन्न कठिनाईको सामना गर्दै दुई वर्ष पार गरेको भन्दै योङहाङले पाठक, दर्शक, संघसंस्था, व्यक्तित्व, विज्ञापनदाता, समाचारदाता लेखरचना र सल्लाह सुझाव दिएर सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरुमा धन्यवाद समेत व्यक्त गरे ।

कार्यकरमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द अनलाइन टिभीबाट भएको थियो ।

कार्यक्रमको पूरा भिडियो हेर्नुहोस् :

यो पनि पढ्नुहोस् :

नयाँ बुलन्द डटकमको सन्देशमूलक भित्तेपात्रो सार्वजनिक (भिडियो सहित)

हामी तेस्रो वर्षमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार