प्रधानमन्त्री ओलीको सम्बोधन मन्त्रिपरिषद्का पूर्व माओवादी मन्त्रीहरुद्वारा अस्वीकार

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषदका प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालिन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषदमा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषि मन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित नभएका हुन् ।

काठमाडौं रहेर पनि गृहमन्त्री थापा, ऊर्जामन्त्री पुन उपस्थित भएनन् भने अन्य मन्त्रीहरु काठमाडौं बाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए ।

सामान्यतया, प्रधानमन्त्रीले देशवासीका नाममा गरिने सम्बोधन मन्त्रिपरिषदमा छलफल हुने गर्छ । तर यसपटकको सम्बोधन मन्त्रिपरिषदमा छलफल नभएका कारण उनीहरुले बैठक बहिष्कार गरेको स्रोतको दाबी छ । –नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार