‘माध्यमिक तह’ फूटबल प्रतियोगिताको ग्रीनहिल एकाडेमीलाई

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा संचालित विद्यालयस्तीय खेलकूद महोत्सव ‘माध्यमिक तह’ फूटबल प्रतियोगिताको ग्रीनहिल एकाडेमी नेपालटार हात पारेको छ ।

सोमबार इलामको ठूलो टुँडिखेलमा भएको फाइलनमा वालमण्डल मावि जस्विरेलाई ४-२ ले पराजित गर्दै ग्रीनहिलले उपाधि चुमेको हो ।जितसँगै ग्रीनहिलले नगद २५ हजार र उपविजेता वालमण्डल लेनगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्‍यो ।

प्रतियोगिताको उत्कृष्ठ गोलरक्षक विजेता ग्रीनहिलका सुनिल कडेल , उत्कृष्ठ डिफेन्डर उपविजेता वालमण्डलका रजिन बुर्जा , उत्कृष्ठ मिडफिल्डर उपविजेता वालमण्डलकै नबिन ढुङ्गाना, उत्कृष्ठ फरवर्ड विजेता ग्रीनहिलका विवेक थापा र सर्बाधिक गोलकर्ता ग्रीनहिलका अमृत गुरुङ घोषित भए । उनीहरु प्रत्येकले नगद १ हजार सहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेताहरुलाई प्रमुख अतिथी इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिन, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, नगर शिक्षा अधिकारी प्रेम प्रसाद गौतम र वडा अध्यक्षहरुको उपस्थितीमा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम इलाम नगर खेलकुद प्रतिष्ठानका अध्यक्ष तिलक ठकुरीको अध्यक्षतामा भएको थियो 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार