नकाउट फुटबलको उपाधि चुलाचुली ४ लाई 

  नयाँ बुलन्द  51 पटक हेरिएको

चुलाचुली : खेलमैदान व्यवस्थापन गर्ने उदेश्यले इलामको चुलाचुली ३ मा संचालित नकआउट फूटबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेकव छ ।

चुलाचुली स्पोर्टिङ् क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनलमा चुलाचुली वडा नम्बर १ लाई   २-० ले हराउँदै वडा नम्बर ४ ले उपाधि जितेको हो ।

जितसँगै वितेजाले नगद २५ हजार र उपवितेजाले १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए । उनीहरुलाई प्रमुख अतिथि चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले पुरस्कार वितरण गरेका  थिए ।

विजेता टिमका किस्मत लिम्बू उत्कृष्ठ खेलाडी घोषित भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार