‘प्रधानमन्त्रीको भाषण आउँदा बालबालिकालाई टीभीबाट टाढा राख्नुपर्ने अवस्था’

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति वृद्धवृद्धालाई मनोरन्जन दिने भएपनि बाल मनोविज्ञानमा असर पार्ने खालको भएको भन्दै आपत्ति जनाएको छ ।

सोमबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको भाषण बालबालिकाहरुलाई नकारात्मक असर पार्नेखालको भएको भन्दै उनको नकारात्मक सोच र शैलीबाट बचाउनुपर्ने स्थित आएको बताए ।

प्रवक्ता शर्माले प्रधानमन्त्रीको भाषण आउँदा बालबालिकालाई टेलिभिजनबाट टाढा राख्नुपर्ने अवस्था आएको भन्दै उनलाई जिम्मेवार बोली र व्यवहार गर्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेकपा अध्यक्षसमेत रहेका ओलीले कांग्रेसविरुद्ध अरिंगाल बनेर जाइलाग्न निर्देशन दिएपनि नेकपा कार्यकर्ता संयमित भएको भन्दै खुसी व्यक्त गरे ।

आइतबार राजधानीमा ‘खोलौं बैंक खाता अभियान’ सुरु गर्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध आन्दोलन गर्ने कांग्रेसप्रति लक्षित गरी ‘नन्दी–भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछ’ भन्दै कटाक्ष गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार