फाकफोकथुममा नयाँ वर्ष मेला-०७६

  युद्धबहादुर बोहोरा
0 Shares

इलाम : फाकफोकथुम-१,ठिङ्गेपुरमा नयाँवर्षको उपलक्ष्यमा तीन दिने मेला लागेको छ।

मेलामा स्थानीय उत्पादन तथा विभिन्न कलासीपको प्रदर्शनी गरि नयाँ वर्षको शुभकामना आदनप्रदान साथै स्थानीय क्षेत्रको प्रबर्द्धन गर्ने उदेश्यले मेलाको आयोजना गरिएको समितिले संयोजक पन्च राइले बताए। मनोरञ्जनका लागि विभिन्न साँस्कृतिक कार्यक्रम सहित राष्ट्रिय स्तरका गायक कलाकार मेलिना राई र मनिष लिम्बुको उपस्थित थियो ।

यसै अवसरमा महिलालाई प्रोत्साहन गर्नलाई वडा स्तरीय उपाध्यक्ष महिला फुटबल कप-२०७६ को आयोजना गरिएको महिला संजाल सचिव सुकमाया थेगिमले जानकारी गराइन। खेलमा फुटबल,भलिबल,दौड,छेलो हान्ने,हाइजम,डाेरी तान्ने लगायतका खेल भएको थियो ।

मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राइले गरेका थिए।

मेलालाइ सहयोगको वडा कार्यालय, स्थानीयको आर्थिक सहयोग र शान्ति बालविकाश बोर्डिङ्ग स्कुल फाल्गुनन्द- ५,पाँचथरले प्रायोजक गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार