इलाम : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलाम जिल्ला सदस्य तथा चुलाचुली गाँउपालिका प्रमुख ताप्लेजुङ साब्लाखु-४ का असल पन्दाक र मेची ब्युरो सदस्य, तल्लो सेक्रेटरी प्रमुख तथा इलाम विशेष ब्युरो इन्चार्ज इलाम देउमाई नगरपालिका ७ सिद्धिथुम्का का जितमान राई (मौसम) रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाम र झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ होटल फिक्कलबाट २९ चैतमा पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।