चुलाचुली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिंसाको बाटो त्याग्न आग्रह गरेका छन् ।
नयाँ वर्ष २०७६ को अवसरमा गृह जिल्ला इलामको चुलाचुली आएका नेम्वाङले विप्लवलाई त्यस्तो आग्रह गरेका हुन् । देशलाई विखण्डन पार्न खोज्ने सिके राउत समेत देशको राजनीतिक मूल धारमा आइसकेकाले अव विप्लव नेतृत्वको नेकपाले पनि हिंसाको बाटो छाडेर राजनितीक मूल धारमा आउनुको बिपल्प नरहेको नेम्बाङको भनाई थियो ।
इलामको चुलाचुली गाउँपालीका वडा नम्वर २ मा रहेको तीनकुने पोखरी सिमसार पर्यटकीय क्षेत्रको आइतबार विधिवत उद्घाटन गर्दे उनले पहिलेको जस्तो समय अहिले देशमा नरेको धारणा पनि राखे । पहिलेको जस्तो राजनितीक क्रान्ति गर्नुपर्ने स्थिती अहिले नरहेको बताउदैँ उनले सम्पूर्ण नेपाली अधिकार सम्पन्न भईसकेको जिकिर गरे ।
पूर्ण लोकतान्त्रिक संविधान नेपाली जनताले पाईसकेको र अहिले त्यो संविधान कार्यन्वयनको समय रहेको उनले बताए । कुनै पार्टिले विद्रोह गर्ने अनि कुनै पार्टिले विरोध गर्ने भन्दा पनि अहिलेको समय सवै पार्टी विकासमा जुट्ने समय रहेको उनले धारणा राखे ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेम्वाङले अर्को प्रसङगमा जिल्लामा विकास भएन भन्नेहरुका लागि आफ्नो कामले देखाईसकेको बताए । उनले भने, “२०५६ सालको निर्वाचनमा म इलाम क्षेत्र नम्बर २ बाट उठ्दै गर्दा यस ठाउँमा कच्ची सडक समेत बनेका थिएनन्, तर अहिले प्रत्येकको आँगनमा बाटो पुगेको छ । हामी आफै बिचार गरौँ, अव चाडै कालोपत्रे पनि बन्ने छ ।”
प्रदेश संसद धिरेन्द्र शर्मा (रमण) ले अहिलेको समय विकास र समृद्धिमा जुट्ने समय रहेको बताए । देशमा स्थाई सरकार आईसकेकाले अव सुखि नेपाली, समृद्घ नेपाल बनाउनतर्फ सबै लाग्नुपर्ने उनको भनाई थियो ।
तीनकुने पोखरी सिमसार पर्यटकीय क्षेत्र समितिका अध्यक्ष नगेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा चुलाचुली गाउँपालीकाका अध्यक्ष प्रदिपचन्द्र राई, पूर्व गाविस अध्यक्ष ओमनारायण खनाल, सम्पूर्ण वडाका अध्यक्षहरु, समावसेवीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न जातीको जातीय झाँकी समेत प्रर्दशन गरिएको थियो ।