प्रतिभा पहिचान कार्यक्रमको आधारभूत तह फूटबल रत्‍नमाईको कब्जामा

  नयाँ बुलन्द
14 Shares

इलाम : इलाममा संचालित विद्यालयस्तीय खेलकूद महोत्सव ‘आधारभूत तह’ फूटबल प्रतियोगिताको उपाधि रत्नमाई अंग्रेजी बोर्डिङ स्कूल साङरुम्बाले चुमेको छ । शनिबार इलामको ठूलो टुँडिखेलमा भएको फाइलनमा मन्टेश्वरी अंग्रेजी बोर्डिङ स्कूल इलामलाई ३-० ले पराजित गर्दै रत्‍नमाईले उपाधि चुमेको हो ।

जितसँगै रत्‍नमाईले नगद २० हजार र उपविजेता मन्टेश्वरीले नगद १२ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्‍यो ।

प्रतियोगिताको उत्कृष्ठ गोलरक्षक विजेता रत्‍नमाईका सुनिल मगर, उत्कृष्ठ डिफेन्डर उपविजेता मन्टेश्वरीका अविनाश वाङदेल राई, उत्कृष्ठ मिडफिल्डर उपविजेता मन्टेश्वरीकै लेप्मुहाङ लिम्बू र उत्कृष्ठ फरवर्ड विजेता रत्‍नमाईका नविन राई घोषित भए । उनीहरु प्रत्येकले नगद १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । त्यस्तै उत्कृष्ठ प्रशिक्षक रत्‍नमाईका तारा राउत घोषित हुँदै नगद १ हजार ५ सय प्राप्त गरे । सर्वाधिक गोलकर्ता विजेता रत्‍नमाईकै नविन राई घोषित भए । खेलअवधिभर ५ गोल गरेका उनले २ हजार प्राप्त गरे । त्यस्तै उत्कृष्ठ खेलाडी घोषित विजेता रत्‍नमाइका सुनिल लिम्बूले २ हजार ५ सय पाए ।

विजेता तथा उपविजेताहरुलाई प्रमुख अतिथी इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनमा तीनवटै सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरुको उपस्थितीमा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम इलाम नगर खेलकुद प्रतिष्ठानका अध्यक्ष तिलक ठकुरीको अध्यक्षतामा भएको थियो ।

इलाम नगरपालिकाको आयोजनामा गत २३ चैतदेखि प्रतियोगिता संचालित थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार