वार्षिक उत्सवमा बुद्ध माविद्वारा सम्मान

इलाम : इलामको सूर्योदय नगरपालिका १४ लक्ष्मिपुरस्थित बुद्ध माध्यमिक विद्यालयले विद्यालयलाई महत्वपूर्ण योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई  सम्मान गरेको छ । आफ्नो ३४ औं वार्षिक उत्सवको अवसरमा विद्यालयले विहीबार पूर्व शिक्षक, अक्षयकोषदाता, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट अभिभावक, पूर्व कर्मचारीहरु, संस्थापक सदस्यलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा शिक्षकहरु टिका निरौला, निर्मल सन्जेल, क्षयकोषदाता लिलादेवी गदाल, शिक्षकहरु मुकुन्द अधिकारी, रोहित चौलागाई, टीका सप्कोटा, गिता अधिकारी, टीकाराम पौड्याल, होमनाथ पोखरेल, सोमप्रसाद कट्टेल, इन्द्र अधिकारी, रोहितप्रसाद चौंलागाई, योगेन्द्र आचार्य, एसप्रसाद कट्टेल, करुणा बस्नेत, ताराप्रसाद पौड्याललगायत रहेका छन् । उनीहरुलाई सूर्योदय नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराईलगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख राई र उपप्रमुख भट्टराईसहित विद्यालय व्यवस्थापन समिति सदस्य पदमबहादुर  तामाङ, हस्तबहादुर राई, ख्यामबहादुर तामाङ, ईन्द्रादेवी पौडेल, रोहित चौंलागाई र ठगबहादुर विश्वकर्माले मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तामाङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक सुवास राईले गरेका थिए ।

कार्यक्रमा संगिनी, सेलो, हुर्रा, साकेला सिली, गणित गीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो । पूर्व शिक्षकहरुले विद्यार्थिका लागि शैक्षिक सामग्री, मायाको चिनो र नगद समेत प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार