संघीय युवा मञ्‍च अध्यक्षमा सुरेन्द्र केरुङ निर्वाचित

पाँचथर : संघीय लिम्बुवान मञ्च नेपालको जनवर्गीय संगठन संघीय युवा मञ्च फिदिम नगरपालिका कार्यसमितिको अध्यक्षमा सुरेन्द्र केरुङ निर्वाचित भएका छन् ।

उपाध्यक्षमा साइमन तुम्बापो, सचिव मनेन्द्र केरुङ र अर्थसचिवमा स्मीता तुम्बापो निर्वाचित भएका छन् । यसरी नै सदस्यहरूमा गंगाप्रसाद नेम्बाङ, राजकुमार फागो, बुद्धि थाम्सुहाङ, थर्कमान तुम्बापो, रोहित जबेगु, नरेश राइ, सुरेश तुम्बापो, आशिस राइ र बीरबहादुर तुम्बापो रहेका छन् ।

शुक्रबार सम्पन्न नगर भेलामा संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष सागर केरुङ, उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, क्षेत्रीय इन्चार्ज देउकुमार नेम्बाङ, जिल्ला सदस्य सुरेन्द्र सेवाँ, मिलन नेम्बाङ, धनबहादुर केरुङ “सेप्माङ”, युवा मञ्चका जिल्ला संयोजक प्रदीप केरुङ, अर्थसचिव रामचन्द्र नेम्बाङ, सदस्य आधार घिमिरे, भरत तुम्बापो, कुमार यवा मौसम, संघीय लिम्बुवान मञ्च फिदपम नगर कार्यसमिति उपाध्यक्ष बीरबहादुर केरुङ र याम नेम्बाङ लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार