करुणा र देउमाई नगरपालिकाद्वारा अपाङ्गमैत्री सामग्री वितरण

  नन्दन सर्वत लिम्बू
0 Shares

जीतपुर : इलामको देउमाई नगरपालिकाका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गमैत्री सामग्री वितरण गरेको छ ।

करुणा फाउन्डेसन नेपाल इलाम र देउमाई नगरपालिकाले सामग्री वितरण गरेका हुन् ।

देउमाई नगरपालिकाका प्रमुख सुर्य पोख्रेल, उपप्रमुख पबिमाया राई र वडाअध्यक्षहरुको उपस्थितीमा  सामग्री वितरण गरिएको हो ।कार्यक्रममा ह्विल चेयर ९ वटा, सेतो छ्डी २० वटा, ट्वाइलेट चेयर ८ वटा, वैशाखी १५ वटा र ३ लाख ६० हजार रकम वितरण गरिएको हो ।

कार्यक्रममा ६९ जना अशक्त ब्यक्ति हरुको उपस्थितिमा करुणा फाउन्डेसन इलाम र देउमाई नगरपालिकाले सयुक्त रुपमा सामग्री वितरण गरेको करुणा फाउन्डेसन इलामका अधिकृत प्रमोद अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार