कथित माइली पाथिभराको पुजारीको कर्तुत सार्वजनिक हुँदै

  नयाँ बुलन्द  1981 पटक हेरिएको

इलाम :  इलाम नगरपालिका वडा नम्बर ४ बरबोटे धारापानीस्थित कथित माइली पाथिभराका पुजारीमाथि सहकारीको ऋण नतिरेको भन्दै उजुरी परेपछी प्रहरीले पक्राउ गरेको छ ।

बरबोटेका झमकबहादुर घिमिरेले झापा धाईजनमा रहेका बिभिन्न सहकारी संस्थाको रकम अनियमितता गरेर हिँडेपछि सहकारी संस्थाका सदस्यले घिमिरेमाथि उजुरी गरेका थिए ।

उजुरीपछि प्रहरीले घिमिरेलाई इलामबाट पक्राउ गरेर झापा धुलाबारी प्रहरीलाई २ दिन अघि बुझाएको थियो । आरोपित घिमिरेले अनियमितता गरेको रकम सहकारी संस्थालाई तिर्ने बताएपछि स्थानीय जनप्रनिधिको रोहबरमा घिमिरेलाई प्रहरीले छाडिदिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिए ।

घिमिरेले धाईजनका बिभिन्न सहकारी संस्थाबाट ऋण लिएको तर लामो समयसम्म नतिर्ने गरेको देखिएको प्रहरीले जनाएको छ । घिमिरेले झापाकै एक टेम्पो ब्यवसायीबाट पनि ऋण लिएर नतिरेको पाइएको छ ।

करीब ६ महिना अघि घिमिरे स्थानीय बरबोटेस्थित घलेटार नजिकैको जङलमा तपस्यामा रहेको बताउँदै आएका थिए । आफू बसेको स्थानमा नाग निस्कने भन्दै स्थानीयमा भ्रम छर्दै आएका थिए । उनले उक्त स्थानमा पाथीभराको शक्ती रहेको बताएपछी केही स्थानीयले माइली पाथिभरा समिती नै निर्माण समेत गरेका छन् ।

केही वर्षअघि स्थानिय छिमेकिको घर फोरेको आरोपमा उनी पक्राउ समेत परेका स्थानीयले बताएका छन् । इलामबाट बसाइ सरी झापा गएका उनी आफूमा पाथिभरा देवीको शक्ति आएको भन्दै केही महिना अघि इलाम आएका हुन् ।

यो पनि पढ्नुहोस् :

एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार