साबिक बिजेता झापा बाहिरियो, दार्जीलिङ युनाइटेड सेमिफाइनलमा

पाँचथर : पाँचथर गोल्डकपको साबिक बितजेता समेत रहेको बिर्तामोड युनाइटेट वाइबाइ तेस्रो पाँचथर गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

दार्जिलिङ युनाइटेट संग ३–२ गोलले पराजित हुदै झापा बाहिरिएको हो । हार संगै पाँचथर गोल्डकपको उपाधिमा ह्याट्रिक गर्ने झापाको सपना चकानाचुर भएको छ । पहिलो र दोश्रो पाँचथर गोल्डकपको उपाधि बिर्तामोड युनाइटेट झापाले नै जितेको थियो । दार्जिलिङको जितमा करन राईले २ गोल गरे । एक गोल भने झापाले उपहार दिएको थियो ।

सोमबार फिदिम मा.बि.को मैदानमा भएको प्रतिप्रर्धात्मक खेलमा दार्जिलिङले १० औं मिनेटमा झापाका दिलेन तोक्तामको आत्माधाती गोल उपहार पाउदै अग्रता लिएको थिए । कर्नरबाट आएको बललाई क्लियर गर्ने क्रममा दिलेनले आत्माघाती गोल गरेका थिए । २७ औं मिनेटमा करण राईले गोल गर्दै पाहुना टिमको अग्रता दोब्बर पारे । झापाका डिफे्रन्डरहरु बिट भएको अवस्थामा करणले गोल गरेका थिए । ८० औं मिनेटमा झापाका दिलेन तोक्तामले गोल गर्दै झापालाई खेलमा फकाउने प्रयास गरे । थ्रोइङबाट आएको बललाइ दार्जिलिङका डिफ्रेन्डरले क्लियर गर्न नसक्दा लोक्तामले गोल गरेका थिए । चार मिनेट पछि झापाका बिशाल राईले दशनिय गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तरखेलको इन्जुरी समयमा पाहुना टिमका करणले गोल गर्दै दार्जिलिङलाई बिजयी गराए ।

पटक पटक पाएका अवसर गुमाउदा झापा निराश बन्न पुग्यो । खेलको ६ मिनेटमा बिशाल राईको शक्तिशालि प्रहार बिपक्षि किपरले मुस्किलले बचाएका थिए । ५५ औं मिनेटमा झापाका राजकुमार कन्दङबाले गोलको राम्रो अवसर गुमाए । दोश्रो हाफमा सुधारीएको प्रर्दशन गरे पनि झापाले हार टार्न सकेन । खेलमा दुई गोल गरेका दार्जिलिङका करण राई म्यान अफ दि म्याच हुदै नगद पाँचहजार जिते ।

खेलाडीहरुको टिमवर्क मिलेकाले सफलता हात परेको दार्जिलिङा प्रशिक्षक श्यापेन शेर्पाले बताए । मैदानको कराण खेलाडीहरु खुलेर खेल्न नसक्ला नतिजा बिपक्षिलाइ सुम्पनु परेको झापाका प्रशिक्षक सन्तोष राईले बताए । तेस्रो वाईबाइ पाँचथर गोल्डकपको बिजेताले नगद चार लाख प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार