संघीय समाजवादी फोरम इलाम अध्यक्षमा चाम्लिङ

इलाम : संघीय समाजवादी फोरम नेपाल इलाम जिल्ला समन्वय समिति इलामको अध्यक्षमा कमल चाम्लिङ चयन भएका छन् ।

मंगलबार इलाम सदरमुकाममा भएको प्रतिनिधिहरुको भेलाले चाम्लिङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । चाम्लिङको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको हो ।

समन्वय समितिका उपाध्यक्षमा बखतबहादुर आङदेम्बे, सचिवमा यामप्रसाद लिम्बू योङहाङ, सहसचिवमा मणीविक्रम योङहाङ र कोषाध्यक्षमा विनू राई चयन भएका छन् ।

सदस्यहरुमा धनसिंह राइ, डिकबहादुर बस्नेत, डिबी गुरुङ, रुपबहादुर मगर, बलबहादुर आङदेम्बे, जीतबहादुर कुमाल, दीर्पादास राइ, कृष्णबहादुर खत्री, नरेन्द्र वनेम, रन्जित राई, पेमा योल्मू, छिकिन तामाङ, सुनमाया तामाङ, सेसे फाल्गू फेवदेन, टुपेन्द्र येक्तेन चयन भएका छन् ।

त्यस्तै  सुरेन्द्र मोक्तान, सुवास चौरासे, पूर्णचन्द्र लिम्बू, धनकुमार राई, सुवर्ण राई, गंगाबहादुर साउदेन, वीरमान तामाङ, पुनम कुमाल, किसान खजुम, राजकुमार माबोहाङ, मनकुमारी लिम्बू, दलबहादुर मोक्तान, लेखबहादुर राई, कविता सुनुवार, भूपाल राई, प्रकाश राई, संगीता सम्बाहाम्फे रहेका छन् ।

नवगठित जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुलाई कन्द्रीय सदस्य एवं इलाम जिल्ला कार्यवाहक इन्चार्ज प्रेमदीप थाम्सुहाङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

नवगठित समन्वय समिमिका अध्यक्ष कमल चाम्लिङले आफ्नो कार्यकालमा पार्टीलाई जिल्लामा सशक्त संगठनका रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रमुख अतिथी संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मित्र चापागाई, केन्द्रीय सदस्य तथा प्रदेश १ का अध्यक्ष भुपेन्द्र नेम्बाङ, केन्द्रीय सदस्य तथा लिम्बुवान समिति सचिव इलाम कार्यवाहक इन्चार्ज प्रेमदीप थाम्सुहाङ, प्रदेश १ का सदस्य विनोद नेम्बाङ, लिला सुनुवार लगायतले शुभकामना व्यक्त गरेका थिए ।

संविधान जारी हुँदा चर्को विरोध जनाएको संघीय समाजवादी फोरम नेपालले अन्तत्व त्यही संविधान अनुसार आफ्नो पार्टीलाई पनि नयाँ संरचना रुपान्तरण गरेको छ । जसअनुसार प्रदेश र स्थानीय समितिलाई शक्तिशाली बनाएको छ । साविकको जिल्ला समितिको अधिकारलाई कटौती गर्दै समन्वय समितिको रुपमा मात्र सीमित गरेको छ ।

संघीय समाजवादी फोरम नेपालले आसन्न पहिलो एकताको राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी संगठन निर्माण तथा सुदृढीकरण अभियान तीब्र बनाएको छ । जिल्लाको सबै वडा र स्थानीय तहको अधिवेशन सम्पन्न भएपछी प्रदेश समितिले जिल्ला समन्वय समिति गठन गरेको हो ।

संघीय समाजवादी फोरम नेपालको महाधिवेशन आगामी बैशाख २८, २९ र ३० प गते जनकपुरमा हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार