देउरालीमा पुरुष नकआउट फुटबल प्रतियोगिता

  विविसी हाङखिम
0 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका ३ देउरालीमा पुरुष नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले गरेका थिए ।

उद्घाटन माइपोखरी एकाडेमीलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्दै नवज्योति खेल संघ सुलुबुङ विजयी भएको छ ।

निर्धारित समय दुवै टिमबाट १-१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट विजेता निर्धारण गरिएको थियो । त्यस्तै दोस्रो खेलका लागि विपक्षी टिम उपस्थित नभएपछी देउराली स्पोर्टिङ क्लब स्वत विजेता घोषित हुँदै अघिल्लो चरण प्रवेश गर्‍यो ।

सोमबार पहिलो खेलमा रुङ्सुङ पशुपतिनगर र माबु एफसी तथा दोस्रो खेलमा पुवामझुवा एफसी र सुम्बेक खेलकुद समिति प्रतिष्पर्धा गर्नेछन् ।

देउराली स्पोर्टिङ क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १७ टिमको सहभागिता छ । बिजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको फाइनल १ वैशाखमा हुने आयोजक समितिका जकका अध्यक्ष लिला बुर्जा मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार