पाँचथर : किरात याक्थुङ चुम्लुङ फालेलुङ गाउँपालिकाको प्रथम अधिबेशनबाट कुमार केरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षमा कविहाङ आङथुपो, सचिव दिलकुमार केरुङ, सहसचिव सुर्यमान केरुङ र कोषाध्यक्षमा अस्मिता थोक्लिहाङ निर्वाचित भएका छन् ।
सदस्यहरुमा मनकुमार जबेगु, सुरज मेयोङबा, खड्ग जबेगु, शुकराम फागो, मिना थाम्सुहाङ, टिकादेवी केरुङ र सन्तोश जबेगु निर्वाचित भएका छन् ।
फालेलुङ ७ स्थित बास्बोटेमा सम्पन्न उद्घाटन सत्रमा किरात यक्थुङ चुलुङ लिम्बुवान प्रदेश समिति मुख्यसचिव मधु केरुङ, जिल्ला अध्यक्ष नरेन्द्रराज केरुङ, सचिव शुरेन शिशिर केरुङ, राष्ट्रिय पार्षद शेरबहादुर केरुङ, जिल्ला सदस्य चन्द्र माङमु, टेकबहादुर केरुङ लगायत अतिथिहरुले शुभकामना ब्यक्त गरेका थिए ।