‘क्याम्पिङ’का लागि आएका सयौं विदेशी पर्यटक अलपत्र

  नयाँ बुलन्द  84 पटक हेरिएको

धनकुटा :आयोजक र स्थानीय प्रशासनबीच तालमेल नहुँदा संखुवासभाको तीनजुरे क्षेत्रमा ‘क्याम्पिङ’का लागि आएका सयौं विदेशी पर्यटक अलपत्र परेका छन् ।

शक्ति पिक म्यूजिक प्रालिले कार्यक्रम आयोजना गर्न लागेको थियो ।

तर, स्थानीय प्रशासनले कार्यक्रम नै गर्न नदिएपछि उनीहरु अलपत्र परेका हुन् ।

हजारभन्दा बढी विदेशी पर्यटकलाई लक्षित गरी शक्ति पिक म्यूजिकले गुराँसको राजधानी भनिने तीनजुरे क्षेत्रमा क्याम्पिङ आयोजनाको तयारी गरेको थियो ।

स्थानीय मादी नगरपालिकासँग कार्यक्रमका लागि स्वीकृति लिइ पर्यटक झिकाइए पनि कार्यक्रमस्थल पुग्नै लाग्दा सुरक्षाको कारण देखाउँदै उनीहरुलाई धनकुटा र तेह्रथुमको सीमानामा रहेको चित्रे बजारमै रोकिएको छ ।

अहिले विभिन्न १०२ देशका १२ सयभन्दा बढी पर्यटक सो क्षेत्रमा अलपत्र परेका छन् ।

यता, जिल्ला प्रशासन कार्यालय संखुवासभाले भने लागुपदार्थको प्रयोग, अश्लील गतिविधि, खुला यौन व्यवहारजस्ता क्रियाकलाप हुनसक्ने भन्दै विज्ञप्ति नै निकालेर कार्यक्रमलाई रोक लगाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार