बाटो नबिराउन बिप्लव समूहलाई नेम्वाङको आग्रह(भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares


इलाम : पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले मात्री भाषाको सरंक्षणले मात्र नेपाली भाषा समृद्ध बन्ने वताएका छन् ।

इलामको देउमाई नगरपालिकाको मंगलबारेमा आजबाट सुरु भएको ‘देउमाई साहित्य महोत्सव २०७५’ उद्घाटन पछि सम्वोधन गर्दै यस्तो वताएका हुन । मात्री भाषाको विकास र समृद्ध हुँदा नेपाली भाषा अझ माथी पुग्ने विश्वास उनको छ ।

फरक प्रसंगमा उनले देशले संविधान पाइसके पछि हाल संघीय गणतन्त्र कार्यन्वयनको चरणमा भएको भन्दै सवैले संविधान स्विकार गरिसकेको वताए । नेपालको इतिहासमा जनताबाट निर्माण भएको संविधान हिजो विरोध गर्नेहरुले नै कार्यन्वयन गर्न थालेको उनको भनाई छ ।

विठंडनका पक्षमा कोहि पनि नभएको भन्दै उनले देश अव समृद्ध तर्फ उन्मुख भएको वताए ।  नेत्र विक्रम चन्द ‘विप्लव’ समूहलाई पनि राजनितिको मुल धारमा आउन आग्रह गदै जनता अव क्रान्तिमा होमिन नसक्ने  नेता नेम्वाङकाे भनाइ थियाे ।

भिडियो :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार