पाँचथर : संघीय लिम्बुवान मञ्च नेपालको जनवर्गीय संगठन संघीय युवा मञ्च फालेलुङ गाउँपालिकामा मौसम केरुङको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कार्यसमिती गठन भएको छ ।
फालेलुङस्थित मेमेङ मात्छेबुङमा शुक्रबार सम्पन्न भेलाले उपाध्यक्षमा बुद्ध केरुङ, निर्मला केरुङ, सचिव अरुण केरुङ, सहसचिव प्रेमकुमार केरुङ, अर्थसचिव आइन्द्र केरुङ चयन भएका छन् ।
सदस्यहरुमा सागर केरुङ, निशान केरुङ, ओमसिङ केरुङ, मचिन्द्र केरुङ, पुर्ण केरुङ, बिक्रम केरुङ, किशोर केरुङ्लगायत रहेका छन् ।
कार्यक्रममा एलभी कमान्डर कुमार यवा मौसम, गाउँपालिका अध्यक्ष सुर्यमान केरुङ, उपाध्यक्ष कुमार केरुङ, युवा मञ्च जिल्ला सदस्य आधार घिमिरे, सन्जु तुम्सा, तिलबहादुर केरुङ लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएको छ ।