अवकाश प्राप्त १० शिक्षकलाई सम्मान

  नन्दन सर्वत लिम्बू
0 Shares

जीतपुर : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन देउमाई नगरले अवकाश प्राप्त १० शिक्षकलाई सम्मान गरेको छ ।

सङ्गठन्को प्रथम नगर परिषदले उनीहरुलाई खादा ओडाई सम्मानपत्र प्रदान गरेको हो । सम्मानित हुनेहरुमा छत्र सुब्बा योङ्हाङ, तिलचन्द्र गौतम, प्रकाशचन्द्र खवास, हरि आचार्य, अर्जुन लुइँटेल, तारा दवाडी, टंकप्रसाद पराजुली, याम लोरिङ्देन, रुद्रबहादुर कार्की, भानुभक्त बस्नेत, छ्त्रबहादुर कुवर, टङ्क आचार्य, अशोक आचार्य र चन्द्रमणी न्यौपाने रहेका छ्न ।

त्यस्तै नगर प्रमुख पोख्रेलले शिक्षाको हितको लागि जस्तासुकै सम्झौता गर्न तयार रहेको बताए । उनले भने ” शिक्षाको गुणस्तरीयताका लागि पार्टी र जाति आस्थाको संस्था नभनी अध्यन अध्यापनमा समर्पित हुने सुझाव दिएका थिए । त्यस्तै नगरभित्र देखिएका शैक्षिक समस्या र चासोलाई बढि जोड दिएर नगरलाई शिक्षा क्षेत्रको नमुना बनाउने बताए ।

सुर्योदय शिक्षा सदनको हलमा भएको प्रथम नगर परिषद कार्यक्रममा बक्ता हरुले शिक्षा ऐनको टुंगो नलागेकोले प्रदेश र स्थानीय स्तरमा काम गर्न अत्यन्तै कठिनाई भएको बताएका थिए । वक्ताहरुले शिक्षकहरुको अस्तित्व अधिकारको र भविष्यको निम्ति सङ्गठनले संघर्ष पहरेदारी गरिरहने बताएका थिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन देउमाई नगरका अध्यक्ष मदन धितालको सभापतित्व र देउमाई नगरपालिकाका प्रमुख सुर्य पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन इलामका अध्यक्ष प्रकाश खनाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन्का पूर्व अध्यक्ष पुर्ण श्रेष्ठ, प्रेमप्रसाद दाहाल, निवर्तमान अध्यक्ष गोपालप्रसाद नेपाल, पूर्ब अध्यक्ष तथा शिक्षा हित बचत तथा ऋण सस्था लिमिटेडबाट बासुदेब रेग्मी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन देउमाईका थिरबहादुर राई र देउमाई शिक्षा नगर प्रमुख रुपेन्द्र न्यौपानेको उपस्थिती थियो ।

बन्द सत्रको कार्यक्रममा शैक्षिक गुणस्तरीयता र सङगठनबारे छ्लफल भएको थियो । नगर परिषदको कार्यक्रम संचालन देउमाई नगर उपाध्यक्ष अग्नि दाहालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार