साहित्य तथा पर्यटन महोत्सवको तयारी पूरा

इलाम : इलामको देउमाई नगरपालिकास्थित मंगलवारेमा साहित्य तथा पर्यटन महोत्सवको तयारी सकिएको छ ।

इलामको पर्यटनमा टेवा पुर्याउने उदेश्यले यहि चैत २३ र २४ गते चर्चित साहित्यकार र कलाकारसहितको उपस्थितीमा महोत्सव हुन लागेको हो । ‘समाजक लागि युवा’ नामक संस्थाले आयोजना गर्ने यो कार्यक्रमले समग्र देउमाई क्षेत्रकोे विकास र समृद्धिमा साहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

राष्ट्रिय स्तरका साहित्यकार, कलाकार, लेखक, समालोचक तथा युवा नेताहरु साहित्यिक मन्थनको लागि मंगलबारे बजारको शिरमा रहेको नागिडा“डामा पुग्ने छन् । पृथक शैलीमा गर्न लागिएको महोत्सवमा देउमाई नगरपालिकासहित पश्चिमी क्षेत्रको समृद्धिकालागि बहस हुनेछ ।

मसामहिक राष्ट्रिय राजनीति र मूलकको उन्नतीका विषयमा यूवा नेताहरु सम्मिलित बहसस“गै साहित्य र कला क्ष्ँेत्रका विभिन्न पाटालाई केलाउने आयोजकको उदेश्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार