मजदुरकोआन्दोलनपछि समस्या

इलाम : चिया टिपाईको मूख्य सिजन सुरु हुनासाथ मजदुर आन्दोलन थालिएपछि समस्या भएको छ ।

सेवा सुविधा वृद्धिको माग राख्दै चिया मजदुरले आन्दोलन थालेका हुन् । सरकारले गत साउन देखि लागु हुनेगरी चिया श्रमिकको दैनिक ज्याला तीन सय ८५ तोकेको छ । वगानका श्रमिकले दैनिक ज्याला दुई सय ७८ रुपैयाँ मात्र पाएकोले आन्दोलन गर्नु परेको श्रमिकहरुको भनाई छ ।

चिया उद्योग बन्द भएपछि सरकार र कारखाना सञ्चालकले माग सम्बोधनका लागि कसैले चासो नदेखाएको ट्रेडयुनियन सम्वद्ध संस्थाले जनाएका छन् । कारखाना सञ्चालकहरुले सरकारले तोकेको ज्याला दिन सक्ने अवस्था नरहेको जनाउँदै आएको छन् ।

सुर्योदय नगरपालिकाकाले श्रमिक र उद्योगबीचको समस्या समाधानकालागि पहल गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार