इलाम : पूर्वा राजा ज्ञानेन्द्र शाहले इलाम सदरमुकामस्थित माईस्थान धार्मिक तथा सास्कृतिक क्षेत्र विकास समितिलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
मन्दिरको दर्शन र पूजापाठपछि एक लाख सहयोग प्राप्त भएको भ्रमण व्यवस्थापन तथा प्रचार प्रसार समितिका सदस्य हरी श्रेष्ठले जानकारी दिए ।
सो रकम माईस्थान धार्मिक तथा सास्कृतिक क्षेत्र विकास समितिलाई विहिबार नै समितिको वैठक बसी हस्तान्तरण समेत गरिएको छ । समितिले सो प्राप्त रकमबाट अक्षय कोष खडा गर्ने जनाएको छ ।