इलाम : पूर्व राजाको भ्रमणका लागि राखिएको स्वागत व्यानरले राजतन्त्रकै आभास दिलाएको थियो । शाहले दर्शन र पूजापाठ गर्ने माइस्थान मन्दिरको प्रवेशद्वारमा ‘श्री ५ वडामहाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार’ लेखिएको थियो ।
यस्तो ब्यानरले देश अहिलेपनि राजतन्त्रात्मक नै रहेको देखउँछ । गणतन्त्रात्मक मुलुकमा राजतन्त्रकै व्यानर राखेको भएपनि प्रशासन भने मुकदर्शक भएर बसेको छ । प्रशासनले देखेर पनि नदेखेझैं छ ।
यसले गणतन्त्र र गणतन्त्रका लागि लड्दे हज्जारौं शहिदहरुको अपमान गरेको भन्दै सामाजिक संजालमा विरोध सुरु भएको छ ।