नेपाल कम्युनिष्ट पार्टीका व्युरो सदस्य खतिवडा र जिल्ला सेक्रेटरी दिपेन पक्राउ

झापा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटिका मेची व्युरो सदस्य होम खतिवडा तथा इलाम जिल्ला सचिब दिपेनलाई प्रहरीले  पक्राउ गरेको छ । बिर्तामोडको सुब्बा चोकमा आफ्नो कोठामा बसिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे सो पार्टीले जनाएको छ ।

उनीहरुलाई हालसम्म सार्वजनिक गरिएको छैन । उनीहरुलाई गैरन्यायीक रुपमा गिरफ्तार गरि वेपत्ता बनाएको भन्दै खोजी गरिदिन मानवअधिकारकर्मीसँग आग्रह गरेका छन् ।

उता इलाम जिल्ला इन्चार्ज सर्व श्रेष्ठले उक्त गिरफ्तारीको बिरोध गरेका छन् । उनले बिना कारण जिल्ला सेक्रेटरी दिपेनलाई गिरफ्तार गरेको भन्दै आपत्ती समेत जनाएका छन्  । गिरफ्तार दुबै नेताहरुलाई तत्काल रिहा गर्न समेत उनले माग समेत गरेका छन् ।

मिर्मिरे  अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार