सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकास्थित माईपोखरीका अग्नीपीडितलाई स्वर्गिक मार्ग संघले राहत रकम उपलब्ध गराएको छ । सन्दकपुर गाउँपालिका-३ स्थित सुलुबुङ देउराली स्वर्गिक मार्ग संघले ३० हजार ५ सय ६० रुपैयाँ उपलब्ध गराएको हो ।
गाउँपालिकाका कार्यालय प्रतिनिधि थमनसिं राइको रोहवरमा संघ इकाइ शाखाका अध्यक्ष चन्द्रमान राई र स्वर्गिक मार्ग संघ जिल्ला अध्यक्ष कर्ण साङ्पाङ् राइद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको हो ।
स्वर्गिक मार्ग संघ इकाई शाखाको आमस सेमिन्च्योङ नयाँ भवन उदघाटन कार्यक्रममा सङ्कलन गरिएको रकम उपलब्ध गराएको हो ।
गत ३० फागुनमा भएको आगलागीबाट करिब १ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।