जीतपुर : इलामकोदेउमाई नगपालिका ९ जीतपुरस्थित जीतपुर माध्यमिक विद्यालयमा विभिन्न शीर्षकमा तीन महिने (३९०) घण्टे व्यवसायिक तालिम बुधबारदेखि संचालन हुने भएको छ ।
प्राविधिक शिक्षा परिषदको आयोजनामा तालिम संचालन हुने५ । बाख्रा पालन, मौरी पालन, दुग्धजन्य पदार्थ उत्पादन र कुखुरा पालन तालिम प्रदान गरिने प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद जीतपुरका संयोजक डा. निशान्त शाहले जानकारी दिए ।
सहभागीहरुको आफ्नो योग्यता र उमेरको आधारमा तालिम दिईने सुचनामा जनाईएको छ। उक्त तालिमपछि सहभागीहरुलाई श्रम सीप परिक्षण राष्ट्रिय सीप परिक्षण शाखा इलामले गर्ने कार्यक्रमका संयोजक शाहले बताइ ।
तालिम लिईसकेपछि बेरोजगार मानिसहरू स्वरोजगार र व्यवसायिक बनाउने उद्देश्य रहेको संयोजक शाहले बताए । तालिमको प्रशिक्षण संयोजक डा. निशान्त शाह, टीईसीएस शिक्षक सुरेश कट्टेल र दुर्गा बरालले गर्ने बताइएको छ ।