
इलाम : संघीय समाजवादी फोरम नेपाल इलाम नगर समितिको अध्यक्षमा पुन: छिकिन तामाङ निर्वाचित भएका छन् ।
आइतबार इलाममा सम्पन्न दोस्रो अधिवेशनले तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिका उपाध्यक्ष सुकवीर लिम्बू र भगिरथा कट्टेल, सचिवमा गोपाल सोराली मगर, सहसचिवमा दोर्जे तामाङ उमेश गुरुङ तथा कोषाध्यक्षमा सनमाया तामाङ निर्वाचित भएका छन् ।
सदस्यहरुमा चतुरमान फियाक, मनकुमार राई, सरिता राई, मदनकुमार राई, सेसेफाल्गु फेउदेन, हरि तामाङ, प्रेम जिमी, श्यामकुमारी तामाङ, सन्तबहादुर रम्तेल र तारा राई निर्वाचित भएका छन् ।
अधिवेशन तत्कालिन नगर अध्यक्ष समेत रहेका छिकिन तामाङको अध्यक्षता र जिल्ला अध्यक्ष कमल चाम्लिङको प्रमुख आतिथ्यतामा भएको थियो ।
संघीय समाजवादी फोरम नेपालको आगामी २८ वैशाखदेखि जनकपुरमा हुने प्रथम ऐतिहासिक महाधिवेशनको पूर्व सन्ध्यामा गाउँ, नगर तथा जिल्लामा संगठन विस्तार, सुदृढीकरण तथा अधिवेनलाई तीब्र बनाएको छ ।
























































