पूर्व राजा ज्ञानेन्द्र शाहलाई इलाममा भब्य स्वागत ( फोटो र भिडियो सहित )

पूर्व राजा आउदा तत्कालिन राजाकै झल्को

  नयाँ बुलन्द
0 Shares

इलाम : पूर्व राजा ज्ञानेन्द्र शाहलाई इलाम सदरमुकाम सहित सूर्योदय नगरपालिकाको फिक्कलमा आज साझ भब्य स्वागत गरिएको छ । पूर्व राजा शाह इलामको भ्रमणमा आउने भए पछि राजावादीहरुले दिउसो देखि नै स्वागतको तयारी गरेका थिए । फिक्कलमा सर्वसाधारणले लामो समयको प्रतिक्षा पछि लामबद्ध भएर पूर्व राजा शाहलाई फुलगुच्छा दिएर स्वागत गरेका हुन ।

दिउसै आउने भनीए पनि पूर्व राजा शाह साझ मात्र बाक्लो सुरक्षाका बिच इलाम आई पुगेका  थिए। पूर्व राजा फिक्कल आईपुग्दा उनका सर्मथकले राजा आउ देश वचाउँ जस्ता नारा लगाएका थिए । फिक्कल बजारको ट्राफिक बिट अगाडी सवारी रोकेर पैदल हिडेर स्वागत थाप्नेका  शाहले करिव १० मिनेट स्थानीय संगै बिताएका थिए  ।

पूर्व राजालाई उनका सर्मथक र सर्वसाधारणले देशमा हत्या हिंसा अपराध र भ्रष्टाचार बढ्दै गएकाले राजालाई देशका लागि केहि गर्नु पर्ने आग्रह गरेका थिए । प्रफुल्ल मुद्रामा देखिएका  पूर्व राजा शाहले सामान्य कुराकानी गरे पनि आफु कुनै भुमीकामा फर्कने र देशको राजनीतिक घटना क्रमका बिषयमा केहि प्रतिक्रिया दिएन्न् ।

पूर्व राजा शाहलाई प्रहरीले स्कटीङ गरी इलाम ल्याएको थियो भने फिक्कल बजारमा प्रहरीले शान्तिसुरक्षा र ट्राफिक ब्यावस्थापनको काम गरेको थियो । पूर्व राजा आउनु अगाडी देखि नै सदरमुकाम सहित  फिक्कल चोक बजारमा सुरक्षा ब्यावस्था कडा बनाइएकाे  थियो । फिक्कलमा केहि बेरमा तय भएको कार्यक्रममा २ हजार बढी उनका सर्मथक र सर्वसाधारणको उस्थिति रहेको थियो ।

पश्चिम नेपालको भ्रमण पछि पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबारबाट इलाम र पाँचथरको भ्रमण सुरु गरेका हुन  ।
शाह नीजि भ्रमणका शिलसिलामा इलाम र पाँचथर आउने भए पछि राजाबादीहरुले उनको स्वागतको तयारी गर्न थालेका थिए ।
दुवै जिल्ल्लामा राजावादीहरुले स्वागत समिति नै बनाएर काम गरिरहेका छन् ।

शाह १८ गते विहान पाँचथर जाने कार्यक्रम तय भएको छ। फिदिममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको सालिक माल्यार्पण लगायत धार्मीक क्षेत्रको भ्रमण तय भएको छ ।

शाहले २१ गते विहान इलामको माईस्थान मन्दिरसम्मको दर्शन गर्ने कार्यक्रम रहेको बुझिएको छ । भ्रमणका कारण शुभचिन्तकहरुसँगको भेटघाट समेत रहने कार्यक्रम छ । उनका नीजि सचिव फणिन्द्रराज पाठकले पूर्व राजा शाहको भ्रमण नितान्त ब्यक्तिगत भएको जानकारी दिएका छन ।

पूर्व राजा आउदा तत्कालिन राजाकै झल्को

पूर्व राजा भएको १३ बर्ष बिते पनि उनका कार्यक्रममा आउदा तत्कालिन राजाकै झल्को पाईयो । सर्वसाधारणको उपस्थिति देखि पूर्व राजाको जयजयकारले पुरानै झल्को दिएको हो । abc nepali काे सहयाेगमा

हेर्नुहोस् पुरा भिडियो :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार