इलाम : राष्ट्र शान्ति र कल्याणको कामना गर्दै इलाम नगरपालिका वडा नं.५ बरबोटेस्थित राम जानकी मन्दिरमा आउँदो चैत २२ गते देखि श्रीमद् देवी भागवत् महापुराण नवाह ज्ञान महायज्ञ लगाइने भएको छ ।
राम जानकी मन्दिर पुराण मूल आयोजक समितिको आयोजनामा लाग्ने पुराण चैत ३० गते सम्म सञ्चालन हुने छ । पुराणको बाचन इलामका युवा पण्डितद्वय कृष्णप्रसाद घिमिरे र विष्णुप्रसाद भट्टराईले गर्नेछन् ।
चैत २२ गते कलश यात्रा, मण्डव पूजा एवं महायज्ञको उद्घाटन गरी सुरु गरिने पुराणको २३ गते देखि पुराणको कथा सुरु गरिने छ ।
पुराणबाट उठेको रकम मन्दिरको सत्संग भवन निर्माण गर्न लगाइने अध्यक्ष लीलानाथ लम्सालको भनाइ छ ।
यस अघि पनि मन्दिरमा बाल्मिकी पूराण र श्रीमद् भागवत पुराण आयोजना गरिएको थियो । गएको पूराणमा मन्दिरलाई सहयोग पु¥याउने एक दलित दम्पत्तिलाई पनि सम्मान गरिएको थियो ।