पाँचथर : लिम्बू जातिहरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको प्रमुख एजेन्डा ‘लिम्बुवान’ राज्य रहेको किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापोले बताएकी छिन् ।
शनिबार सम्पन्न किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पान्थरले आयोजना गरेको पावारक मावारक राजारानी धनकुटामा भएको २२ औं राष्ट्रिय परिषदद्वारा पारित १८ बुँदे निर्णयहरुको बारे जानकारी गराएकी छिन । उनले भनिन् “लिम्बुवान राज्यको निम्ती कियाचु अग्रपंक्तिमा रहनेछ” ।
चुम्लुङले बिगतदेखि ऐतिहासिक पृष्ठभुमिको आधारमा अरुणपुर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको निम्ति पहल गर्दैआएको छ ।