्
इलाम : संघीय समाजवादी फोरम नेपाल (ससफो) माङसेबुङ गाउँपालिकाको अध्यक्षमा किसन खजुम निर्वाचित भएका छन् ।
शनिबार इलामको माङसेबुङस्थित भालुटारमा सम्पन्न प्रथम गाउँ अधिवेशनबाट खजुम अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनले खजुमको अध्यक्षतामा २१ सदस्यीय नयाँ गाउँ समिति निर्वाचित गरेको छ ।
समितिका उपाध्यक्षमा घनेन्द्रकुमारी चेम्जोङ र बौद्धधन राई, सचिवमा राजु माबोहाङ, सहसचिवमा कुसल ईधिङ्गो र कोषाध्यक्षमा हरी सिप्तुङ्खा राई निर्वाचित भएका छन् । सदस्यहरुमा केन्द्र राई, पर्वत राई, दिलकुमा राई, देउकुमार इधिङ्गो, मनकुमारी तुम्बाहाम्फे, सुदिप थेवे, जसहाङ साउदेन, मिनेन्द्र शेर्मा, खड्ग आङदेम्बे, विशाल राई, प्रकाश साउदेन, निशा चेम्जोङ, कमला नेम्बाङ (इधिङ्गो) रहेका छन् ।
त्यस्तै मनु लिम्बूको अध्यक्षतामा १९ सदस्यीय संघीय समाजवादी महिला फोरमको गाउँसमिति समेत निर्वाचित भएका छन् । मदन ईङ्नामको अध्यक्षता २७ सदस्यीय समाजवादी युवा फोरमको गाउँ समिति निर्वाचित भएका छन् ।
संघीय समाजवादी फोरम नेपालका महासचिव रणध्वज कन्दङ्वाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजनीतिक समिति सदस्य तथा लिम्बुवान समिति सदस्य खगेन्द्र माखिम, राजनीतिक समिति सदस्य प्रविण चाम्लिङ, केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष लोकसागर साम्बा, केन्द्रीय सदस्य हरिदेवी राई, प्रदेश १ का सदस्य तथा झापा अध्यक्ष धिरेन लावती, प्रदेश समिति सदस्य तथा ईलाम उपाध्यक्ष बिनोद नेम्वाङ, संघीय प्रस फोरम प्रदेश १ का उपाध्यक्ष राम योङहाङ, संघीय समाजवादी फोरम इलामका सहसचिव मणीबिक्रम योङ्हाङ, प्रकाश सुवेदी, दुर्गा नेम्बाङ, रिपल राई, फुलमाया लिम्बूलगायतको उपस्थिती थियो ।