इलाम : इलाम नगरपालीका ९ गोलार्खकका ३९ बर्षिय बिनोद पोख्रेल कतारबाट फर्केपछि फेरी उता फर्कने सोचेनन् । ऋण लिएर कतार उडेका उनी घर फर्केलगत्तै कुखुरा पालनमा जुटे । अहिले त्यसमै भविशय खोजीरहेका छन् ।
‘पार्सपोर्ट सिरानीमुनि थन्क्याएको छु, कुखुरालाई पानी दिँदै उनले भने, ‘अब विदेश जानु छैन, आफ्नै देशमा दुख गरे कमाइने रहेछ ।’ विदेशमा ७ बर्ष कुखुरा फर्ममा नै काम गरेर आएका उनले स्वदेशमा नै अहिले कुखुरा पालनबाट झन्डै मासिक डेढ लाखसम्म आम्दानी गरिरहेका छन् ।
‘कुखुराबाट निक्लिएको मल आफ्नै खेतबारीमा प्रयोग गर्छु,’ उनले भने, मलले बारी पनि हराभरा भएको छ ।’ पन्द््र सय कुखुरा पालन गरिरहेका उनले लियर्स जातका कुखुरा टनेल नै बनाएर पालेका छन् । पशु, कृषिसम्बन्धी विभिन्न तालिम लिइसकेका उनले कुखुरा पालनका लागि आवश्यक ज्ञान समेत लिएका छन् ।
कुखुरा पालनको छ वर्षे अन्तरालमा बिनोदले ठूलो सफलता हात पारेका छन् । ‘पहिलो पटक कुखुरा पालन बोइलर बाट सुरु गरेका उनले अहिले अन्डा पार्ने जातका कुखुरा पालेका हुन । अहिले यसैको आम्दानीले उनको जीवनस्तर पनि उठेको छ । श्रीमती र छोराको साथ लिएर काम गरिरहेका छन् । ‘सुरुमा ढंग नपुर्यालएकाले समस्या भयो, केही कुखुरा मरे, फेरि पछाडि फर्कनुपरेन ।’ उनले पहिलो पटकमा कमाएको नाफा बीस हजारको हौसलाले यहाँसम्म आइपुगेको बताए ।
वैदेशिक रोजगारीबाट फर्केर रु २० हजारको लगानीमा कुखुरा फार्म सञ्चालन गरेका पोख्रेलले अहिले २० लाखको फर्म बनाएका छन् । दुई जनालाई रोजगारी समेत दिइरहेका छन् ।
आफनै बारीमा सञ्चालन गरेको लेयर्स कुखुरा फार्ममा पन्द्र सय कुुखुरा रहेका छन् । ती कुखुराले दैनिक बाह्र सय वटाको हाराहारीमा अण्डा उत्पादन गर्ने गरेका छन् ।
सबै खर्च कटाएर मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी हुँदै आएको पोख्रलले बताए । फार्मबाट उत्पादित अण्डा इलाम सदरमुकाम र स्थानीय बजारमा बिक्री हुँदै आएको छ । वैदेशिक रोजगारीमा छँदा पाएको दुःख सम्झेर घरमै बसेर केही गर्नुपर्छ भन्ने अठोट लिई कुखुरा फार्म सञ्चालन गरेको उनले स्पष्ट पारे ।
वैदेशिक रोजगारीमा छँदा मासिक रु ३० देखि ३५ हजार कमाउने गरेको उनले बताए । निश्चय र अठोट लिई लगनशीलताका साथ कार्य गरे आम्दानी हात पार्न धेरै मिहेनत गर्नुनपुर्ने उनको बुझाइ छ । वैदेशिक रोजगारीमा जानु नराम्रो नभए पनि स्वदेशमै उत्पादनशील कार्य गरे बढी आम्दानी लिन सकिने भन्ने उदाहरण बिनोदले गरेर देखाएका छन् ।