अलैंचीको मूल्य आठ बर्ष यताकै कम

  नयाँ बुलन्द
0 Shares

इलाम  : पूर्वी पहाडी जिल्ला इलामको मुख्य नगदे बाली अलैँचीको मूल्य आठ वर्षयताकै कम भएको छ । कुनै समय प्रतिमन एक लाख २० हजार रुपैंयाँ सम्मममा बिक्री भएको अलैँची अहिले इलाममा प्रतिमन २३ हजारमा किनेबेच भइरहेको छ । अलैँची कारोबार हुने अन्तिम सिजन सम्ममा पनि अलैँचीको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि किसानमा निराशा पलाएको हो । प्रतिमन ३२ हजार रुपैंयाँमा खरीद गरेको अलैंची

बिक्रि गर्ने बेलामा मूल्यमा गिरावट हुने क्रम भएपछि आफूलाइ घाटा रहेको ब्यापारीहरु बताउछन ।
अलैँची कारोबार हुने मुख्य सिजन असोज, कात्तिकको महिनामा भाउ नबढेपछि भाउ बढ्ने आशामा घरमै थन्काएर राखेको अलैँची सिजनको अन्तिम समयसम्म पनि भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि कम मूल्यमै वेच्न बाध्य भएको किसानहरु बताउछन् ।

विगतका वर्षमा विभिन्न खालको प्रकोपको सामना गरेका अलैँची किसान अहिले आएर प्रकोपहरु मात्रामा हटेपनि मूल्य बर्षेनी ओरालो लाग्दै जाँदा किसानमा निराशा देखिन थालेको छ । नेपालमा उत्पादित अलैंचीको मूख्य बजार भारत हो । तर नेपाल र भारत दुबै देशमा अलैंचीको उत्पादन बढेपछि यसको मूल्यमा गिरावट आउने क्रम नरोकिएको अलैंची ब्यबसायी बताउछन ।

अलैंची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैंची जिल्लाका १० स्थानिय तहमा व्यवसायिक रूपमा अलैंची खेती हुँदै आएको छ । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची हाल जिल्लामा १६ सय हेक्टर जग्गामा अलैची खेती हुने गरेको अलैँची विकास केन्द्र फिक्कलको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार