संघीय समाजवादी फोरम चुलाचुलीमा साउदेन

चुलाचुली : संघीय समाजवादी फोरम नेपाल चुलाचुली गाउँपालिकाको प्रथम गाउँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनले गंगाबहादुर साउदेनको अध्यक्षमा  २१ सदस्यीय गाउँपालिका कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा वीरमान तामाङ, मनोज राई, सचिवमा जितबहादुर साँवा, सहसचिवमा विवेक राई र कोषाध्यक्षमा राधा बर्देवा चयन भएका छन् ।

सदस्यहरूमा कल्पना लाम्गादे, विनोद जवेगु, सुर्यराज तामाङ, आशबहादुर देवान, पुनम कुमाल, वीरबहादुर शेर्मा, खबरधन राई, अमर माङमू, लिला योङहाङ, सपना माङलाक, राजमान राई, सन्जीव लावती, सन्तोस धिमाल, प्रेमबहादुर मगर र रणबहादुर लावती रहेका छन् ।

सल्लाहकार समितिमा मधुसुधन काफ्ले, छविलाल गौतम, सन्चबहादुर थाम्सुहाङ रहेका छन् ।

संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य तथा लिम्बुवान समिति अध्यक्ष खगेन्द्र माखिमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  राजनीतिक समिति सदस्य  प्रविण चाम्लिङ, प्रदेश १ का उपाध्यक्ष लोकसागर साँवा, सदस्य विनोद नेम्वाङ, दिपेनवाला राई, सुशील राई, शशी लिङदेन, भूपेन्द्र यJङया, शरणहाङ जवेगु, भक्त खेवाङ, विक्रम लेक्वालगायतले नयाँ समितिलाई बधाई तथा शुभकामना दिएक थिए ।

गंगा सावदेनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघीय समाजवादी फोरम नेपाल लिम्बुवान समिति सचिव प्रेमदिप थाम्सुहाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार