इलाम : ‘अपाङता भएका व्यक्तिहरुसँग प्रहरी’ कार्यक्रम अन्तरगत सरोकारवालासँग अन्तरक्रया कार्यक्रम शुक्रबार इलाम नगरपालिका ९ मा संचालन गरिएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम प्रवर्द्धनार्थ समुदाय-प्रहरी पालिका समिति इलाम नगरपालिका इलाम तथा जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा वडा कार्यालयमा कार्यक्रम संचालन भएको हो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुमाथि हुने हिंसा, दुर्ब्यवहार, ट्राफिक सचेतनाबारे नेपाल प्रहरीद्वारा अन्तरक्रयात्मक प्रशिक्षण दिइएको थियो । कार्यक्रममा अपाङ्गाता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्रीहरु समेत वितरण गरिएको छ ।
वडा अध्यक्ष श्याम कृष्ण घिमिरेको अध्यक्षतामा भएकव कार्यक्रममा वडा सदस्यहरु, वडा सचिप, महिला तथा बालबालिका शाखाका सहायक महिला निरीक्षक योगमाया बोहरा,सोही वडाका स्वास्थ्य इन्चार्ज बिजय खनाल, शिक्षकलगायत स्थानीय सरोकारवालाहरुको सहभागिता थियो ।