इलाम : ग्नीन नेपाल प्रमोसनको इलाम शाखा कार्यालय इलाममा स्थापना भएको छ ।
जिल्ला समन्वय समिती प्रमुख गणेशप्रसाद बरालले उद्घाटन गरे । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी बरालले जिवनको सबै भन्दा महत्त्वपूर्ण स्वास्थ्य भएकोले ग्रीन नेपालको अभियान आम नागरिकको पहुँचमा पुग्ने गरि विस्तार गर्न र सर्बसुलभ मूल्य निर्धारणमा ध्यान दिन आग्रह गरे ।
युवा ब्यवसायीले संचालन गरेको यो महत्त्वपूर्ण काममा राज्यले नि सहयोग गर्ने बताए । सल्लाहकार डा.चित्र निरौलाले खासगरी ग्नीन नेपाल मुख्य ३ लक्ष्य सुस्वास्थ्य, सु-समृद्धि र सुशीक्षा रहेको बताए ।
ग्रीन नेपालका अध्यक्ष रामकुमार राइको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, ग्रीन नेपाल सल्लाहकार डा. चित्र निरौला र १ प्रदेश संयोजक गणेश तामाङ, नेपाल आदिवासी जनजाति महासघ अध्यक्ष अभिषेक एक्तेन, जलकन्या समृद्ध अध्यक्ष छ्त्र मगर, युवा समाजसेवी तारा सुबेदी लगायतको उपस्थिती रहेको थियो ।
शाखा उद्घाटनसँगै एक दिवसीय स्वास्थ्य सिविर समेत संचालन भएको थियो । निशुल्क स्वास्थ्य सिविरमा ५६ जनाले सेवा लिएका छ्न् । इलाम शाखाबाट प्रकृतिक आहरपुरक पद्धति (फुट न्युट्रेसन) बाट विशेषज्ञ सहितको स्वास्थ्य सेवा संचालन भएको अध्यक्ष राइले बताए ।
इलाम सहित नेपाल भरी २१ वटा शाखा रहेको र ललितपुरमा नेचुरल कियर हस्पिटल संचालन भैरहेको छ । अन्तर्राष्ट्रिय स्तरको अर्गानिक हर्बल खाध्य पौ िष्टक तत्वहरुको उत्पादन द्दारा देश विदेशमा सेवा पुर्याउनुका साथै प्राकृतिक जीवन जिउने कला सिकाउँदै अघि बढ्ने गृन नेपाल प्रमोसन प्रालि दीर्घकालीन उद्देश्य रहेको बताए ।

















































