संघीय समाजवादी फोरम उर्लाबारी अध्यक्षमा धिमाल

उर्लाबारी : संघीय समाजवादी, नेपाल उर्लाबारी नगर अध्यक्षमा मातृका धिमाल निर्वाचित भएका छन् ।

विहीबार सम्पन्न नगर समितिको प्रथम अधिबेशनले धिमालको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति निर्कोावचित गरेको छ । समितिको उपाध्यक्ष नारायण राई र साबित्रा याख्खा, सचिव सुर्य माझी, कोषाध्यक्ष जेनिथहाङ लिबाङ निर्वाचित भएका छन् ।

संघीय समाजवादी फोरम नेपालका महासचिव रणध्वज कन्दङ्वाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजनीतिक समिती सदस्य तथा लिम्बुवान समिति अध्यक्ष खगेन्द्र माखिम, राजनीतिक समिति सदस्य प्रविण चाम्लिङ, केन्द्रीय सदस्य तथा प्रदेश न १ का सांसद रामचन्द्र तुम्बा, केन्द्रीय सदस्य भुराज राई, केन्द्रीय सदस्य तथा प्रदेश १ का अध्यक्ष भुपेन्द्र नेम्बाङ, केन्द्रीय सदस्य भीम राई, बाङगाई धिमाल, लोकसागर साम्बा, प्रदेश १ उपाध्यक्ष राजकुमार यादव, केदार धिमाल लगायतको उपस्थिती थियो ।

रामकुमार राईको अध्लेयक्षतामा भएको कार्यक्रमको संचालन मातृका धिमालले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार