इलाम : इलाममा संचालित सवारी दुर्घटना न्युनिकरण सम्बन्धी १५ दिने महाअभियान विहीबार समापन गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आथ्यित्यतामा इलाम नगरपालिका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ, शसस्त्र प्रहरी उपरीक्षक बिदुर खड्का,अनुशन्धान अधिकृत तुलसी कटेल, विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, यातायात संघ लगायत सार्वजनिक सवारी साधनका चालक र परिचालकहरुको उपस्थितिमा महाअभियानको समापन गरएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको महाअभियान समापन कार्यक्रममा अभियानभरी भएका गतिविहरुको समिक्षा समेत गरिएको थियो ।
महाअभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय ईलाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय ईलामले जिल्लाको विभिन्न स्थानहरुमा चालकहरुलाई मर्यादित पहिचानयुक्त तथा आफ्नो पेशाप्रति सदैव उत्तरदायी एंव जवाफदेही बनाई सडक शुसाशन कायम गर्न मेची राजमार्गमा विभिन्न कार्यक्रम संचालन गरेको थियो ।
अभियानका क्रममा चालक र सहचालकहरुलाई प्रशिक्षण प्रदान एवं स्वास्थ्य परीक्षण, नियमित सवारी अनुगमन, मादक पदार्थ सेवन चेकचाँजलाई कडाइका साथ तीब्रता दिनुका साथै दुर्घटना न्युनीकरणका लागि विभिन्न स्थानमा जनचेतनामुलक होडिङ बोर्डहरु राखिएका छन् ।