इलाम : इलाममा विहीबार दिउँसो जिपको ठक्करबाट मोटरसाइकलका चालक दुई जना घाइते भएका छन् ।
करिब सवा २ बजे इलाम नगरपालिका ९ गोलाखर्क भन्ज्याङमा ईलामबाट विर्तामोटतर्फ जाँदै गरेको मे १ ज ४२६ नम्बरको जिपले विपरित दिसाबाट आउँदै गरेको बा ३९ प ५६१० र बा ५८ प ५४९९ नम्बरको दुई मोटरसाइकललाई ठक्कर दिँदा दुवै चालक घाइते भएका छन् ।
जिपको ठक्करबाट बा ३९ प ५६१० का चालक इलाम ९ पिपलबोटेका २१ वर्षीय सविन लिम्बू र बा ५८ प ५४९९ नम्बरको मोटरसाइल चालक सोही ठाउँका २२ वर्षीय सिद्धिबहादुर लिम्बू घाईते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवै घाईतेलाई इलाम अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि झापाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
ठक्कर दिने मे १ ज ४२६ नम्बरको जिप चालक इलाम देउमाई नगरपालिका-३ का २५ वर्षीय सुजन राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।