इलाममा ‘अपाङ्गता भएका व्यक्तिसँग प्रहरी’ कार्यक्रम

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम नगरपालिका ७ मा ‘अपाङ्गता भएका व्यक्तिहरुसँग प्रहरी’ कार्यक्रम बुधबार संचालन गरिएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय-प्रहरीपालिका समिति इलाम नगरपालिका तथा जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा वडा कार्यालयको सभाहलमा  कार्यक्रम भएको हो ।

वडा सदस्य केशव खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, महिला तथा बालबालिका शाखाका सहायक महिला निरीक्षक योगमाया बोहोरा, करुण फाउण्डेशन इलामका सहजकर्ता प्रकाश घिमिरे लगायत  स्थानी सरोकारवालाको उपस्थितीमा थियो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुमाथि हुने हिंसा, दुर्व्यवहार, सार्वजनिक सवारीमा भोग्नु परेको सास्ती, ट्राफिक सचेतना एवं नेपाल सरकारले अपाङ्गयता भएका व्यक्तिहरुलाई प्रदान गर्दै आईरहेको सेवा सुविधा र विद्यमान कानुनी व्यवस्था लगायतका बारेमा नेपाल प्रहरीबाट अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गरिएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुमाझ ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’ प्रवर्द्धनार्थ इलाममा ‘अपाङ्गकता भएका व्यक्तिहरुसँग प्रहरी” कार्यक्रम संचालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार