इलाम : समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबार इलाम नगरपालिका-७ चोकबजारमा जनचेतनामुलक सडक नाटक “विदेशी भूत” प्रर्दशन गरिएको छ ।
विश्व रंगमञ्च दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय इलामको सहकार्य तथा मानव अधिकार मञ्च इलाम र चेतना नाट्य समुह इलामको संयुक्त आयोजनामा सडक नाटक प्रर्दशन गरिएको हो ।
नाटकमा देशका दक्ष युव जनशक्ति रोजगार, अध्ययन तथा विविध कारणले विदेश पलायन भईरहेको, विदेश जाने शिलशिलामा अनविज्ञताका कारण देशभित्रै ठगिने गरेको, विदेश पलायन हुने तथा फर्किने बेलामा अङ्गभङ्ग हुने लगायतका घटना समावेश गरिएको छ ।
त्यस्तै सरकारले युवा वर्गलाई लक्षित गरि ल्याएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम समेत विषय वस्तुको उठान गरी देशभित्रै केही गरि भविश्य बनाउन सकिन्छ भन्ने सन्देश दिइएको छ ।