राप्रपामा पदाधिकारी मनोनयन

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ (धादिङ) र राजीव पराजुली (पर्सा)लाई मनोनीत गरेका छन् ।

त्यसैगरी, उपाध्यक्षमा प्रेमबहादुर भण्डारी (बाँके), टंक ढकाल (भोजपुर), नरेन्द्रबहादुर चन्द (बैतडी), तोरणबहादुर गुरुङ (स्याङ्जा), रोशन कार्की (ललितपुर), भीमप्रसाद गौचन (म्याग्दी) र महेशलाल महासेठ (सिरहा)लाई मनोनयन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

महामन्त्रीमा राजेन्द्र लिङ्देन (झापा) र डा. धवलशमशेर जबरा (बाँके) लाई मनोनयन गरिएको छ ।

प्रवक्ताहरुमा सुशील श्रेष्ठ (महोत्तरी), भुवन पाठक (काठमाडौं) र नीलकण्ठ काफ्ले (नवलपुर) लाई जिम्मेवारी दिइएको छ ।

सहमहामन्त्रीमा चन्द्रबहादुर गुरुङ (कैलाली), कुन्ती शाही (दैलेख), दीपकबहादुर सिंह (मकवानपुर), भक्तिप्रसाद सिटौला (झापा), अर्जुन राई (खोटाङ) र भरत रायमाझी (काठमाडौं) छन् ।

सहायक महामन्त्रीमा लीलादेवी श्रेष्ठ (इलाम) र मदनबहादुर कार्की (स्याङ्जा) छन् ।

सहायक प्रवक्तामा रमानन्द न्यौपाने (जुम्ला)लाई मनोनयन गरिएको छ ।

यसैगरी, अध्यक्ष थापाले प्रदीपकुमार उदय (रुपन्देही) लाई प्रदेश नम्बर–५ को अध्यक्ष र ईन्द्रबहादुर ठकुरी (सिन्धुपाल्चोक) लाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका छन् ।

यसैबीच, राप्रपा (संयुक्त) ले यही चैत १४ गतेदेखि देशभर भ्रष्टाचारविरुद्ध अभियान सन्चालन गर्ने नेता सुन्दर पाण्डेले जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार