याङनाममा चुम्लुङ नयाँ बुलन्द १२ चैत्र २०७५, मंगलवार १८:४० 7 Shares पाँचथर : पाँचथरको फिदिम नगरपालिका १० याङनाममा मङलबार मनेन्द्र केरुङको अध्यक्षतामा किरात याक्थुङ चुम्लुङ गठन भएको छ । उपाध्यक्ष पुनम जबेगु तुम्बापो, सचिव महेन्द्र हाङ्सरुम्बा, सहसचिव रिता तुम्बापो, कोषाध्यक्ष सन्तोश जबेगु रहेका छन् । सदस्यहरूमा टुबेन्द्र जबेगु, दिपेन खजुम, इन्द्रबहादुर जबेगु, रघुनन्द जबेगु, लोकप्रसाद जबेगु, गजेन्द्र हाङ्सरुम्बा, मोहन हाङ्सरुम्बा, सबिता जबेगु, रिवाज थाम्सुहाङ रहेका छन् । याङ्नाममा ९५ प्रतिशत लिम्बू जातिहरूको बसोबास रहेको छ । यस समितिले अब फेदेन १० याङ्नामका विद्यालयहरूमा लिम्बू भाषालाइ अनिवार्य पठनपाठन गर्न गराउन अनुरोध गर्ने, सरकारलाई प्रतिवेदन सहित ज्ञापनपत्र बुझाउने, प्राथमिक तहमा भइरहेको आनिपान पठनपाठनको प्रभावकारीतालाई अनुगमन गर्ने भएको छ । समितिले चो?लुङ प्राथमिक बिद्यालय आसमाने, प्रगती आधारभूत बिद्यालय चिलिङ्देन, पचिसे प्राथमिक बिद्यालय पचिसे, सिद्ददेवी आधारभूत बिद्यालय थाङ्नापा, श्री याङ्नाम आधारभूत बिद्यालय याङ्नाम, कुम्भकर्ण प्राथमिक बिद्यालय साप्नुवा, जुनेली प्राथमिक बिद्यालय पानीघाट, खलंगाटार माध्यमिक बिद्यालय खलंगा विद्यालयहरूमा लिम्बू भाषालाई अनिवार्य पठनपाठन गर्न गराउन गठन भएकै दिनबाट पहल सुरु भएको छ ।