
धरान : नेकपा (माओवादी केन्द्र) आठौं महाधिवेशन पछि पहिलो प्रदेश १ को भेला सुनसरीको धरानमा सम्पन्न भएको छ ।
आठौं महाधिवेशन पश्चात भएको पहिलो भेलामा महाधिवेशनले पारित गरेको राजनीतिक दस्तावेज, संगठन विस्तारको जिम्मेवारी बाँडफाड तथा भावी रणनीतिबारे प्रशिक्षण भएको थियो ।
केन्द्रीय उपाध्यक्ष तिलक थापाले स्वतन्त्र मधेशको वकालत गरिरहेका सिके राउतसँग सरकारले हालै गरेको सम्झौता आपत्ति जनक रहेको बताउँदै दुइतिहाई सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएकोप्रति विरोध जनाए । उनले तत्काल राजनीतिक समस्या राजनितिक तवरबाटै हल गरी गिरप्तार गरीएका विप्लवका नेता तथा कार्यकर्ताहरूलाई विनासर्त रिहा गर्न सरकारलाई आग्रह समेत गरे ।
भेलाले संगठन विस्तार गर्न बाँकी रहेका जिल्लामा संयोजकको जिम्मेवारी तोकेको छ । संगठन विस्तारका लागि पाँचथरमा संयोजक अम्बर लिम्बू, ताप्लेजुङमा केन्द्रीय सदस्य अप्सारा बानीया, तेह्रथुममा केन्द्रीय सदस्य क्षितीज सुब्बा, ईलाममा संयोजक माईला याक्थुम्बालाई जिम्मेवारी दिएको केन्द्रीय सदस्य डम्बर सुब्बाले जानकारी दिए ।
भेला नेकपा (माओवादी केन्द्र) प्रदेश १ का अध्यक्ष बिमल निरौलाको अध्यक्षतामा भएको थियो ।


















































