चिण्डेपानीमा लाप्चा संग्रहालय

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको रोङ गाउपालिकाको एक प्रतिनिधि मण्डलले भारतको कालेम्पोङमा रहेको माइल ल्याङ लेप्चा डेभलपमेन्ट बोर्डको अवलोकन भ्रमण गरेको छ ।

गाउपालिकाले प्रस्ताब गरेको गुरु योजना अनुसारको बजेट प्राप्त भएपछि कार्यान्वयनका लागि के काम गर्न सकिन्छ भनेर माइल ल्याङको अध्ययन गर्न गएको गाउपालिका अध्यक्ष सम्सेर राईले बताए । ‘कालेम्पोङमा कक्षा १२ सम्म लाप्चा भाषाको पाठ्य पुस्तक तयार भइ अध्ययन भइरहेको छ, अध्यक्ष राईले भने, हामीले भ्रमणको क्रममा भारतीय राष्ट्रपति बाट पद्मश्री बिभूषण प्राप्त रेन सोनाम छिरिङ लाप्चा सग भेटेर हाम्रो योजना र प्रस्ताब सुनायौ ।

अध्यक्ष राइले भने रोङको यो प्रस्ताबलाइ उनीहरुले स्वागत योग्य कदम भनेर प्रशंसा गरेका छन् । रेन सोनाम छिरिङ लाप्चाले एकल प्रयासमा कालेम्पोङमा लाप्चा संग्रहालय बनाएका छन् । भ्रमण टोलीलाइ रेन टासिङ लाप्चाले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन हुने पाठ्यपुस्तक उपहार दिएका छन् भने गाउपालिकाले लाप्चा भाषा बाट अग्रेजी भाषामा रुपान्तरण गर्ने डिक्सनरी खरिद गरेर ल्याएको प्रमुख प्रशासकीय अधिकृत डिक प्रसाद दाहालले बताए ।

यसै बिच भ्रमण टोली र बोर्डका प्रतिनिधिहरु बिच भएको भेटका क्रममा बोर्डले गाउपालिकालाई प्राज्ञिक र प्राबिधिक सहयोग गर्ने मौखिक सहमती भएको गाउपालिका अध्यक्ष राईले बताए । नेपाल सरकारले रोङ गाउपालिकालाई बिशेष बजेट अन्तरगत १ करोड ८० लाख रुपैया उपलब्ध गराउने भएको छ । उक्त बजेट गाउपालिकाले रोङ ३ को चिण्डेपानीमा लाप्चा संग्रहालय निर्माणको लागि खर्चिने योजना रहेको छ । नेपालमा लोपोन्मुख जातिको सूचीमा रहेको लाप्चा जातीको संरक्षणको लागि गरिएको यो पहिलो र हाल सम्मको एक मात्र प्रयास भएको बताइएको छ ।

भ्रमण टोलीमा गाउपालिका अध्यक्ष सम्सेर राई सामाजिक बिकास समितिका सम्योजक युवराज खाप्तुवा राई, प्रमुख प्रशासकीय अधिकृत डिकप्रसाद दाहाल, शिक्षा तथा खेलकुद साखा प्रमुख राधिका घिमिरे, लाप्चा समुदायका अगुवा बीरबहादुर लाप्चा लगायत समाबेश रहेका थिए । गाउपालिकाको नाम नै लाप्चा भाषा बाट राखिएकाले गाउपालिकाले लाप्चा सस्कार सस्कृतिको संरक्षणको लागि बिशेष काम गर्ने योजना बनाइ कार्यान्वयनको चरनमा पु¥याएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार