सन्दकपुरमा सेमिन्च्योङ भवन उद्घाटन

  बिबिसी हाम्खिम
0 Shares


सन्दकपुर :सन्दकपुर गाउपालिका ३ सुलुबुङ देउरालीमा स्वर्गिक मार्ग संघ इकाइ शाखाको सेमिन्च्योङ भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

स्वार्गिक मार्ग संघ देउराली इकाईका अध्यक्ष चन्द्र्मान राईको अध्यक्षतामा तथा गाउपालिकाका उपाध्यक्ष शोभा पराजुलीको प्रमुख आतिथ्य तथा सन्दकपुर गाउपालिकाको प्रबक्ता तथा वडा नम्बर २ का अध्यक्ष गिरिराज खनाल र सन्दकपुर गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेस राइको बिशेष आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा स्वर्गिक मार्ग संघका प्रतिपादक तथा प्रेमबादका दार्शनिक सुप्रीम मास्टर गडएन्जल गुरुहजुर र गाउपालिकाका उपाध्यक्ष शोभा पराजुलिले संयुक्त ब्यानर खोलेर कार्यक्रमको उद्घाटन गरिएको थियो।

भवन गाउपालिकाबाट ४ लाख २० हजार र जनश्रमदानबाट २ लाख ८० हजार जम्मा कुल लागत ७ लाख रुपैयामा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा इलाम पाँचथर लगाएत अन्य जिल्लाका भक्तजनहरुको  सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार