इलाम : माथिबाट खसेको ढुङगाले लागेर इलाममा एक वालिकाको ज्यान गएको छ ।
दिउँसो ३ बजे इलाम नगरपालिका ८ स्थित गरीमाटोल अन्तर्गत भित्रि कच्ची सडक सेसीबीद्वारा बाटो खन्ने क्रममा खसेको ढुङगाले लागेर १३ वर्षीया एलिसा न्यौपानेको ज्यान गएको हो ।
बाटो मुनी (तल) सोतर (पात पतिङगर) बटुल्दै गरेकी न्यौपानेलाई माथिबाट खसेको ढुङगाले टाउकोमा लागेर स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
सेसीबी चालक तत्काल फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।